प्रधानमन्त्री देउवाले सामन्ती दम्भ देखाए – नेता रावल
प्रधानमन्त्री देउवाले सामन्ती दम्भ देखाए – नेता रावल
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

एमाले नेता भीम रावलले ‘एमसीसी सम्झौता अरूले नपढेको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामन्ती दम्भ’ देखाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन समारोहमा ‘एमसीसी राष्ट्रघाती’ भन्नेले नपढेको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता रावलले देउवाले ‘आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति’ गरेको आरोप लगाएका छन् ।सम्झौतामा ‘कहीँ राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नाङ्गो भक्ति हो,” रावलले सोमबार ट्विटरमा लेखेका छन् ।

साताकाे चर्चित
सम्बन्धित