एजेन्सी,लखनउ ।
विगत १२० दिनदेखि शिखा पल लखनउको निसातगन्ज क्षेत्रस्थित शिक्षा निर्देशनालयको पानी ट्यांकीमाथि बसिरहेकी छिन् । नयाँ रेकर्ड तोड्ने उनको लक्ष्य छैन् । केबल विरोध प्रदर्शनका लागि उनी त्यहाँ बसेकी हुन् ।
सरकारले हालै ६९ हजार शिक्षक नियुक्तिका लागि आवदेन खुलाएको थियो । अधिकांश पदमा पूर्ति भए पनि विविध कारण २२ हजार सीट अझै रिक्त छ । सोही रिक्त पदमध्ये एउटा सीटमा आफूलाई नियुक्त गरियोस भन्दै उनले अनौठो ढंगले विरोध प्रदर्शन गरिरहेकी छिन् ।