इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानले इरान र सन् २०१५ को आणविक सम्झौताका बाँकी पक्षहरूबीचको आठौँ चरणको भियना आणविक वार्ता सोमबारबाट सुरु हुने र “नयाँ र संयुक्त दस्तावेज“ मा केन्द्रित हुने बताएका छन ।
“आज हामीसँग भियनामा वार्ताकारहरूको टेबलमा संयुक्त र स्वीकार्य कागजात छ,“ अमिर अब्दुल्लाहियानले सोमबार इरानको विदेश सम्बन्धको इतिहासको बारेमा सम्मेलनका क्रममा पत्रकारहरूलाई बताएका हुन ।