नोभेम्बरमा जापानमा बेरोजगारी बढ्यो
नोभेम्बरमा जापानमा बेरोजगारी बढ्यो
    • बेल संचार

    • १३ पुष २०७८, मंगलवार

जापानमा बेरोजगारी बढेको छ । यहाँको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महीना बेरोजगारी दर शून्य दशमलव १ प्रतिशतले बढेर २ दशमलव ८ प्रतिशतमा पुगेको छ । बेरोजगारी दरमा भएको यो ६ महीना यताको पहिलो वृद्धि हो ।

यो दर अघिल्लो महीना र रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले बताएको दुबै भन्दा धेरै हो । अक्टोबरमा मौसमी समायोजनपछिको बेरोजगारी दर शून्य दशमलव ७ प्रतिशत थियो । सो अवधिमा जापानको बेरोजगारी दर शून्य दशमलव ७ रहने सर्वेक्षणमा बताइएको थियो ।

समग्र रोजगारी उपलब्धता भने अघिल्लो महीनाको ११५ मा स्थीर रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको अर्को तथ्यांकले देखाएको छ । सो अवधिमा रोजगारीको उपलब्धता ११६ रहने रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । यसको अर्थ सो अवधिमा जागिर खोज्ने हरेकका लागि ११५ ओटा जागिर खुलेका थिए ।

साताकाे चर्चित
सम्बन्धित