काठमाण्डौं । वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ ।हामी मन्दिर धाउँछौ, यसकारण कि भगवनले कृपा गरोस् । हामी पूजाआजा गर्छौ, यसकारण कि, भगवान खुसी भइदियोस् । हामी उपवास बस्छौ, यसकारण कि भगवान सन्तुष्ट भइदियोस् । हामी धूपबात्ती बाल्छौ, यसकारण कि भगवानले गुनासो नगरोस् । हामी फूलप्रसाद चढाउँछौ, पूजाआज गर्छौ, यसकारण कि भगवानले चित्त नदुखाइदियोस् ।
सोच्नुहोस् त, हाम्रो भगवान यति धेरै लोभी, यति धेरै कुष्ठित, यति धेरै वेखुसी, यति धेरै असन्तुष्टि छन् ? जसलाई हामीले खुसी बनाइरहनुपर्छ । हामीले सन्तुष्ट बनाइरहनुपर्छ ?