किसानको समर्थनमा रौतहटमा प्रदर्शन, बुधवार जिल्ला बन्दको आह्वान
किसानको समर्थनमा रौतहटमा प्रदर्शन, बुधवार जिल्ला बन्दको आह्वान
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

जनमत पार्टीले बुधवार जिल्ला बन्दको घोषणा गरेको छ ।

किसानहरूको समर्थनमा जनमत पार्टीले बुधवार जिल्ला बन्दको आह्वान गरेको हो । समयमा मलखाद्य र बिउ बिजन उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले मंगलवार साँझ जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।

दुई चरण गरि आन्दोलन गर्ने घोषणा गरिएको जनमत पार्टीले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पहिलो चरण अन्तर्गत मंगलवार जिल्लाको गौर, गरुडा,बंकुल र चन्द्रपुरमा मशाल जुलुस गर्ने लेखिएको छ ।  आफूहरुको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको हो । ।

सिरहादेखि सुरु भएको किसानहरूको जायज आन्दोलनप्रति एक्यवद्धता प्रकट गर्दै जनमत पार्टी रौतहट पनि आन्दोलित बनेको हो ।

बुधबार अत्यावश्यक सेवाबाहेक रौतहट जिल्लाभरि आम हड्ताल तथा सदरमुकाम गौरमा किसान जनप्रदर्शन गर्ने जनमत पार्टीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित