झापा । दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।
प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको हाे ।
इलाका प्रहरी कार्यालय दमक दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।