राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा बढेर गयो – अध्यक्ष लिङ्देन
राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा बढेर गयो – अध्यक्ष लिङ्देन
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औँल्याए ।

स्व. राजा वीरेन्द्र शाहको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरे ।

देशलाई अरू देशको खतराबाट टार्न समेत राजसंस्था आवश्यक रहेको उनको भनाइ छ । उनले स्व. राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको पनि उल्लेख गरे ।

साताकाे चर्चित
सम्बन्धित