मौसमविद् सविना शाक्यका अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा आंशिक बदली रहने, केही स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान रहेको र मौसममा क्रमिक सुधार आउने शाक्यले बताइन् ।
उनले भनिन्–‘बिहीबार राति पनि देशका पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको छ तर भोलिदेखि मौसममा क्रमिक सुधार आउनेछ ।’ हिउँदमा भएको वर्षाबाट खास गरी गहुँ, जौ लगायत तरकारी खेती गरेका कृषकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ