नेपाली युवती बेच्न लैजाँदै गर्दा दुई भारतीय पक्राउ, शसस्त्रले युवतीको उद्धार गर्यो
नेपाली युवती बेच्न लैजाँदै गर्दा दुई भारतीय पक्राउ, शसस्त्रले युवतीको उद्धार गर्यो
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

विभिन्न बहाना बनाएर नेपाली चेलीलाई भारत बेच्न लगिरहेको अवस्थनमा सशस्त्र प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले कञ्चनपुरको पुर्नवास नाकाको डोकेबजार गौरीफन्टाबाट भारत लगिरहेकी एक नेपाली युवतीको उद्दार गरेको हो ।
सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले कैलाली चम्कीचुवा नगरपालिका १ थकालिपुर बस्ने १९की किरण रावतलाई ललाईफकाई भारत लगिरहेको अवस्थामा उद्दार गरिएको बताए । रावतलाई ललाई फकाई भारत लैजाने दुई भारतीय नागरिक पक्राउ परेका छन । भारतको हरियाणा बस्ने चिराग दुग्गल र राजिस्थान बस्ने अरुण कुमारलाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरीले थप कार्बाहीका लागि युवकलाई जिल्ला प्रहरी कार्यालय कैलाली र किशोरीलाई शान्ति पूर्नस्थापना गृहमा पठाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रका चनाखो हुँदा एक नेपाली युवतीले दलालको चुङगोलबाट उन्मुक्ति पाएकी छन् ।

साताकाे चर्चित
सम्बन्धित