सिमकोटमा रहेका व्यवसायीहरुले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताए।
पसलहरुमा ग्राहकहरु कम उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका सुनारले बताए ।
पानी र हिमपातसँगै हुम्ला जिल्ला भरीको सबै सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द रहे । गएरातिदेखि परेको हिमपातले स-साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठूला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो ।
सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।