आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’
आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।  याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाे छ ।

 

याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।

१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ ।यसपछिका रात घट्दै जाने गर्छ ।तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित