हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन
हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

डोटी । हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन भएको छ।

हिमपातका कारण बुधबार बिहानदेखि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।

राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित