भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।