‘बा’ प्रवृत्ति माओवादीमा पनि देखिएको छ – नेता न्यौपाने
‘बा’ प्रवृत्ति माओवादीमा पनि देखिएको छ – नेता न्यौपाने
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीभित्र पनि प्रचण्डलाई लक्षित गर्दै अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको उल्लेख गरेका छन् । ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ ।

तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र’, न्यौपानेले प्रचण्डको प्रतिवेदनमाथि फरक मत राख्दै भनेका छन्, ‘यसको एउटा उदाहरण तपाईंले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र ।

हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’

न्यौपानेले आफैं सशरीर उपस्थित भएको ठाउँ कमलादीमा आफ्नो लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो भनि प्रचण्डलाई प्रश्न समेत गरेका छन् ।

उनले कटाक्ष गरेका छन्, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’ बन्दसत्रमा उपत्यका विशेष प्रदेशको छलफलका क्रममा न्यौपानेले फरक मत पेश गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित