काठमाडौँ । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो चेतावनी चुरोटको प्याकेटबाहिर पनि लेखिएको हुन्छ । भने विज्ञापनमा पनि लेखिएको हुन्छ । तर, पनि मानिसहरु स्वास्थ्यका लागि हानिकारक भएको थाहा हुँदाहुँदै पनि धुम्रपान गर्न छोड्दैनन् । धुम्रपानले शरीरलाई धेरै नोक्सान पुर्याउँछ । कोही–कोहीलाई धुम्रपानको यति धेरै लत लाग्छ कि उनीहरु एक दिनमा नै एक प्याकेट चुरोट पिउँछन् । यस्तै एउटा बालकलाई पनि धुम्रपान यति धेरै लत लाग्यो कि उनले दिनमा नै ४० वटा चुरोट पिउँथे । विश्वास गर्न नै कठिन हुन्छ कि उनको उमेर जम्मा २ वर्षको थियो । २ वर्षको उमेरमा नै चेन स्मोकर बनेका ति बालक थिए अर्दी रिजल । उनी इन्डोनेशियाको सुमात्रामा बस्ने गर्थे । उनी दिनमा एउटा वा दुईवटा होइन ४० वटासम्म चुरोट पिउँथे ।