डा केसीका माग पूरा गर्ने सँग प्रधानमन्त्री देउवाको ९ बुँदे प्रतिबद्धता
डा केसीका माग पूरा गर्ने सँग प्रधानमन्त्री देउवाको ९ बुँदे प्रतिबद्धता
    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार डा केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् ।

देउवाले विपि प्रतिष्ठानको समस्या एकदुई दिनमा सल्ट्याइ निकास दिन मन्त्रीलाई निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तिव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने लगायका माग रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित