पाल्पामा चट्याङले क्षति
पाल्पामा चट्याङले क्षति
    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

पाल्पामा चट्याङले क्षति गर्दा विद्युत् र सञ्चार सुविधाबाट यहाँका स्थानीय बासिन्दा बञ्चित भएका हुन् । चट्याङले आयोजनाको घरमा क्षति भएपछि सञ्चार सेवाबाट समेत बञ्चित हुनुपरेको हो ।

माथागढी गाउँपालिका–७ रहवासमा सञ्चालित अरुणखोला लघु जलविद्युत् आयोजना विद्युत् वितरण भवनमा चट्याङले क्षति हुँदा यहाँका वासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । बुधबार वर्षासँगै चट्याङले आयोजनाको घरका मेसिन जलेर क्षति भएपछि विद्युत् उत्पादनमा समस्या पैदा भएको र बिजुली बत्ती र मोबाइलमा कुराकानी गर्न नेटवर्क नभएको भीम लुङ्गेलीले बताए ।

 

अरुणखोला लघु जलविद्युत् आयोजनाबाट यस क्षेत्रका ३०० परिवार लाभान्वित भएका थिए । वर्षासँगै आएको चट्याङले विद्युत् वितरण घरमा क्षति पु¥याउँदा विद्युत् उत्पादनमा समस्या भएको लघु जलविद्युत् आयोजनाका व्यवस्थापक देवेन्द्र रानाले बताए । सामान जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएकाले केही समय समस्या हुने व्यवस्थापक रानाले बताए ।

साताकाे चर्चित
सम्बन्धित