माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने
माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने

नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।  

    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

काठमाडौँ, 
नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ ।बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित