वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं
वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं
    • बेल संचार

    • १७ पुष २०७८, शनिबार

विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र पैसा सकिएपछि फेरि विदेशीभूमि चाहर्नेको संख्या कम हुन सकेको छैन । तर, इलामका केही युवा भने वैदेशिक रोजगारीबाट फर्किएपछि मुलुकमा नै स्वरोजगार बन्न थालेका छन् ।

यस्तै मध्येका एक हुन् इलाम माई नगरपालिका–८ का सविन राई । उनी सात वर्षको वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालनमा लागेका छन् । वैदेशिक रोजगारीको क्रममा बिरामी परेका राई बिदामा घर आएका थिए । विदेशबाट आउँदा उनले खासै पैसा ल्याउन सकेनन्, अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो । फेरि रोजगारीको लागि विदेशै जाने सोचमा रहेका उनले युवा सशक्तीकरण समूहमार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा पाए । उद्यमशील विकास तालिममा सहभागी भए ।

 

उद्यमशीलता तालिममा सहभागी भएका राईले बंगुर पालनसम्बन्धी सीप विकास तालिम पनि लिए । सीप विकास तालिमपछि उनले व्यवसाय गर्नको लागि १२ हजार रुपैयाँ सहयोग पनि पाए । १२ हजार रुपैयाँमा दुई वटा बंगुरको पाठा किनेर व्यवसाय सुरु गरे । । त्यसमा इष्टमित्र आफन्तसँग केही रकम ऋण लिएर व्यवसाय बढाए । दुई वर्षअघि व्यवसाय सुरु गरेका राईसँग अहिले ३० वटा बंगुर छन् । उनी मुख्यतया बच्चा उत्पादनको लागि माऊ पाल्छन् । छिटपुट मासुको लागि समेत बंगुर पाल्छन् ।

लामो समय वैदेशिक रोजगारीमा भौँतारिएका राई अहिले गाउँर्मा स्वरोजगार भएका छन् । विदेशभन्दा गाउँमै बैगुर पालन गर्दा राईलाई आनन्द छ  । ‘विदेशमा बिरामी हुँदा पनि बिदा नपाइने, दिएजति काम गर्नै पर्ने त्यो भन्दा त गाउँमा बंगुर पाल्दै आनन्द छ,’ राईले भने, ‘वर्षको ५–६ लाख रुपैयाँ कमाइ भइहाल्छ, आफ्नो काम ग¥यो यही ठिक छ ।’ ताप्लेजुङ सिदिङवा गाउँपालिकाकी रञ्जना राईले अहिले इलामको माई नगरपालिका–९ चिसापानीमा बंगुर पालन गरेर बसेकी छिन् । जग्गा भाडामा लिएर उनले बंगुर पालन व्यवसाय थालेकी हुन् ।

रञ्जनाका श्रीमान दिलबहादुर राईले दुई पटक गरेर सात वर्ष वैदेशिक रोजगारीको लागि कतारमा बिताए । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि दिलकुमार स्वदेश फर्किए । श्रीमान विदेशमा हुँदा घरायसी काममा नै समय बिताएकी रञ्जनाले पनि युवा सशक्तीकरण समूहमा आबद्ध भएर सीपमूलक तालिम पाएपछि बंगुर पालन सुरु गरेकी हुन् ।

सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रममार्फत १२ हजार रुपैयाँ सहयोग पाएपछि रञ्जनाले बंगुर पालन सुरु गरिन् । त्यसमा वित्तीय संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ ऋण लिएर उनले व्यवसाय बढाइन् । एक वर्षअघि व्यवसाय थालेकी रञ्जनाले १२ वटा बंगुर बेचिसकिन । त्यसबाट दुई लाख रुपैयाँ आम्दानी भएको उनले बताइन । बंगुर पालनबाट भएको आम्दानीले व्यवसाय गर्दा लिएको ऋण घटाउँदैछिन् । सुरुमा मासुको लागि बंगुर पाल्न थालेकी उनले अहिले बच्चा उत्पादनको लागि माऊ पाल्न थालेकी छिन् ।

‘मासुभन्दा पाठाको बजार राम्रो रहेछ, त्यसैले अहिले माउm पाल्न थालेका हौ,’ रञ्जनाले भनिन्, ‘गर्न सक्दा बंगुर पालनबाट ठिकै आम्दानी हुँदो रहेछ ।’
सविन र दिलकुमार उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीबाट आएपछि मुलुकमा नै उद्यम गर्ने क्रम बढ्न थालेको छ । मानव अधिकार मञ्चले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यही स्वरोजगार बन्नको लागि सीप विकास र सहयोग गर्दै आएको छ । सीप सिकेपछि युवाहरू स्वरोजगार बन्न थालेका हुन् ।

मञ्चले जर्मन सरकार र एडब्लुओको साझेदारीमा सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रम सञ्चालन गरिरहेको छ । सुरुमा इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रम अहिले माइजोगमाई र चुलाचुली गाउँपालिकामा समेत विस्तार गरिएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रममा तीन सय ५६ जनाले सीप विकास तालिम लिएर उद्यम गरिरहेको कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिए । कार्यक्रमअन्तर्गत ६ सय ६४ जनालाई उद्यमशीलता तालिम गराइएको थियो ।

सीप विकास तालिम लिएकामध्ये धेरै जनाले उद्यम गरिरहेको मगरले बताए । ‘तालिम लिएकामध्ये अधिकांशले तालिम अनुसारको व्यवसाय सञ्चालन गरिरहेका छन्,’ मगरले भने, ‘कसै कसैले मात्रै व्यवसाय गरेनन् ।

साताकाे चर्चित
सम्बन्धित