चीन र भारतबीच दशकौँ देखि ३५ सय किलो मिटर बढी लामो सीमा विवाद छ । चीन र भारतबीच सन् १९६२ मा भीषण युद्ध भएको थियो । त्यसपछि सन् २०२० जुन १५ मा गलवान घाँटीमा दुबै देशका सेनाबीच झडप भएको थियो । जहाँ २० भारतीय सेना र ५ चीनीया सेना मारिएका थिए ।
त्यसपछि पटक पटक वार्ता भए पनि अझै सम्म दुई देशले सीमा समस्या समाधान गर्न सकेका छैनन् ।
यसैबीच, नयाँ वर्ष २०२२ को अवसरमा जनमुक्ति सेनाले एक भिडियो जारी गरेको छ । जहाँ गलवान घाँटीमा हतियार सहित पक्तिवद्ध सेनाले नाराबाजी गरेको देखिन्छ । भिडियोमा जमिनको भित्तामा चीनीया अक्षरमा यो भूमि एक ईन्च पनि गुम्न नदिने नारा लेखिएको छ । यो विवादका कारण सीमा क्षेत्रमा दुबै देश आमने सामने भएका छन् ।