कांग्रेस सभापति देउवाद्वारा कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनयन
कांग्रेस सभापति देउवाद्वारा कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनयन
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएकाे छ । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नुभएकाे नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएकाे हाे ।

प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित हुनुभएकाे थियाे । यस्तै, विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित हुनुभएकाे थियाे ।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार शेखर कोइराला केन्द्रीय सदस्य भइसक्नुभएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित