मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि सरकारी गाडी फिर्ता
मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि सरकारी गाडी फिर्ता
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गर्नुभएको छ ।

चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उहाँले अहिले आएर गाडी फिर्ता गर्नुभएको हो ।

उहाँले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गर्नुभयो । मन्त्रालयबाट ड्राइभर पठाएर गाडी फिर्ता ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राईले ४ महिना प्रयोग गर्नुभएको हो । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँले को१झ ५६५ नम्बरको गाडी  प्रयोग गर्दै आउनुभएको थियो ।

राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।

वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राख्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित