विगतका बर्षहरुमा जस्तै यस बर्षपनि नयाँ बर्षको अवसरमा विशेष रुपमा खाईने चामलको केक खाँदा टोकियोमा दुई जनाले ज्यान गुमाएका छन् । टोकियो महानगरका अधिकारीहरुका अनुसार चामलबाट बनेको केक अर्थात् मोची खाने क्रममा घाँटीमा अड्किएर टोकियोमा ६ जनालाई अस्पताल भर्ना गरिनुपरेको छ । जसमध्ये दुईजना ८० बर्ष उमेरका व्यक्तिको निधन भएको छ ।
समाचार अनुसार नयाँ वर्षको दिन, टोकियोमा छ जना वृद्ध पुरुष र महिलाहरूले घाँटीमा भातको केक अड्काएका थिए । टोकियो फायर डिपार्टमेन्टले मोचीलाई सानो टुक्रामा काटेर राम्ररी चपाएर सावधानी अपनाउन आग्रह गरेको छ ।
शनिवार निधन हुनेमा ८० वर्षका दुई महिलाहरु रहेका छन् । ईमध्ये माचिदा शहरकी ८८ वर्षीया वृद्धाको बिहान साढे आठ बजे घरमा ओजोनी खाँदा घाँटीमा अड्किएको थियो । जसको अस्पतालमा मृत्यु पुष्टि गरियो ।टोकियो फायर डिपार्टमेन्टले वृद्ध मानिसहरू र बच्चाहरूलाई चामलको केकलाई सानो टुक्रामा काट्न र सावधानी पूर्वक राम्ररी चपाउन खान आह्वान गरेको छ ।