आठौँ राष्ट्रिय महाधिवेशन : निर्वाचन तालिका फेरि संशोधन
आठौँ राष्ट्रिय महाधिवेशन : निर्वाचन तालिका फेरि संशोधन
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।

साताकाे चर्चित
सम्बन्धित