सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ । गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् ।
किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाइएको जनाइएको छ ।
आन्दोलनकारीहरुले भने प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । आन्दोलनकारी सञ्जय कुमार साहले प्रहरी निरीक्षकको नेतृत्वमा गोली प्रहार गरिएको आरोप लगाए । सो क्रममा घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।