माओवादी केन्द्र : केन्द्रीय समिति टुंगो
माओवादी केन्द्र : केन्द्रीय समिति टुंगो
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नयाँ केन्द्रीय समितिको टुंगो लगाएको छ । आइतबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको टुंगो लगाएको हो । बन्दसत्र हलमा नेत्री पूर्णाकुमारी सुवेदीले दिएको जानकारी अनुसार अहिले त्यसलाई रुजु गरेर अन्तिम नामावली तयार पारिँदै छ ।

महासचिवमा सहमति जुटाउने प्रयास भइरहेको छ । माओवादीले केन्द्रीय समितिबाटै १५ जना पदाधिकारी चयन गर्नेछ छ । त्यसको अनुमोदन महाधिवेशन हलबाट हुनेछ । महासचिव सहित नयाँ नेतृत्व छनौटका लागि नेताहरु छलफलमा छन् । आइतबार अपरान्ह ४ बजेसम्मका लागि बन्दसत्र स्थगित गरी स्थायी समिति बसेको हो ।

माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । यसबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ ।

साताकाे चर्चित
सम्बन्धित