जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु  
     जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु  

आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।    

    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

बर्दिया, 

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।

आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी धुशिया थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

धुशिया थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित