नेपाल अफ्रो-एशियाली जनएकता संगठनले आफ्नो ६४ औं स्थापना दिवसको अवसरमा उपनिवेश र आप्सो बिषययक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष तथा पूर्वमन्त्री कृपासुर शेर्पाको सभापतित्वमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सबै प्रकारका विभेद र असमानता अन्य अहिलेको आवश्यत्ता रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख वक्ता पूर्व राजदुत प्रा.डा. मोहन प्रसाद लोहनीले अफ्रोको औचित्यबारे व्याख्या गर्दै यसको उदेश्य र हालसम्म गरेका सकारात्मक प्रयास र प्रभावको बारेका प्रकाश पार्नुभएको थियो । उहाँले अफ्रोले प्रजातन्त्र,मानवअधिकार र राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको भन्दै असमानता र विभेदका बिरुद्ध सधै आवाज उठाउने बताउनु भयो ।
राजनीतिक स्वतन्त्रता सँगै आर्थिक स्वतन्त्रता भएमात्रै अफ्रोले लिएको उदेश्य पुरा हुने प्राडा लोहनीको भनाई थियो ।
निशस्त्रीकरण, विश्व शान्ति र विकासको पक्षमा बहस र पैरवी गर्दै आएको संगठनले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशबाद र विस्तारवादको कडारूपमा विरोध गर्दै न्याय समानता र सहअस्तित्वको रक्षाका लागि निरन्तर आवाज उठाउर्दै आएको लोहनीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै संगठनका महासचिव गोपाल पोखरेल विवसले अफ्रोको स्थापना देखि हालसम्म भएका कार्यहरुकोबारे जानकारी दिदै विभेद र असमानता अन्त्य नभएसम्म यसले निरन्तर काम गर्ने बताउनु भयो ।
यसैगरी संगठनका उपाध्यक्ष प्रा.डा.श्रीधर गौतमले अफ्रो असमानता, रंगभेद, शोषणको बिरोध गर्ने संस्था भएकोले यसलाई औपचारीक रुपमा मात्र नबुझेर यसले गर्ने कार्यको ब्याख्या गर्न आवश्यक भएको बताउनुभयो । सबै मानव जातीले सम्मानपूर्वक बाच्न पाउन् भन्ने अफ्रोको उदेश्य रहेको उहाँको भनाई छ ।

यस्तै कार्यक्रमका सभापति शेर्पााले संसारबाट आणविक हातहतियार उत्पादन र प्रयोग बन्द गर्नुका साथै जातीय,भाषिक, रंगभेद आदि सबै विभेद अन्त्य भएमात्रै आफ्सोको उदेश्य पुरा हुने बताउनु भयो ।
संयुक्त राष्ट्र संघद्वारा जारी बडापत्रहरू पूर्ण पालना गर्दै यसको पूर्ण कार्यान्वयनको पक्षमा र विश्व बन्धुत्वको पक्षामा बुलन्दरूपमा आवाज़ उठाउदै आएको भन्दै उहाँले सार्वभौम र स्वाधिन भएर बाच्न चाहने मुलुकको पक्षमा आफ्सोले सधै काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा संगठनका सचिव इन्द्र भण्डारीसहित पदाधिकारी, सदस्य तथा विभिन्न व्याक्तित्वहरुको उपस्थिती रहेको थियो ।

