दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगजनी, एकजना पक्राउ
दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगजनी, एकजना पक्राउ

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगजनी भएको छ ।

    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगजनी भएको छ ।

केप टाउनमा रहेको संसद भवनमा आइतबार आगलागी भएको थियो । सो आगो नियन्त्रणमा लिएको केही घण्टापछि फेरि आगलागी भएको हो ।

सोमबार पनि संसद भवनको छानोबाट धुवाँको मुस्लो उडिरहेको देखिएको हो । अग्निनियन्त्रकहरुले आगो नियन्त्रणमा लिएका थिए । आइतबार भएको आगलागीका कारण तल्लो सदनमा पूर्ण क्षति पुगेको थियो ।

आगलागी गरेको आशंकामा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको थियो । अन्दाजी ५० वर्षका ती व्यक्तिलाई मंगलबार अदालत पेश गरिने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित