माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार, क–कसको उम्मेदवारी ?
माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार, क–कसको उम्मेदवारी ?

सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ।

    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ।

सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष दाहाललाई अधिकार दिएको थियो। सोही बमोजिम अध्यक्ष पुष्पकमल दाहालले मंगलवार उम्मेदवारहरूको टुंगो लगाउनुभएको हो ।

रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ।

गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १२ मा हुनेछ।

साताकाे चर्चित
सम्बन्धित