तिलगंगामा बसको ठक्करबाट २५ वर्षीया कृतिकाकाे मृत्यु
तिलगंगामा बसको ठक्करबाट २५ वर्षीया कृतिकाकाे मृत्यु
    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा ५ ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित