५७ जना उपसचिवहरुको सरुवा(सूचीसहित)
५७ जना उपसचिवहरुको सरुवा(सूचीसहित)
    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ ।

यस्तै पहिलेदेखि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सम्झना देवकोटा र बसन्त बहादुर बोहरालाई यथावतै राखिएको छ । अन्य उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा पठाइएको छ ।

राष्ट्रिय सभा निर्वाचन नजिकिएकाले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर बाहेकका अन्य कर्मचारीहरुको भने अन्तर स्थानीय तह सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।

 

साताकाे चर्चित
सम्बन्धित