विश्वमा अग्लो भवनको, कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।