माैसम : बुधबारदेखि शनिबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली, आइतवारदेखि सुधार आउने
माैसम : बुधबारदेखि शनिबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली, आइतवारदेखि सुधार आउने
    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशभर सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने छ ।

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर विशेष गरी सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विभागले बताएको छ । साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक(दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको उसको अनुमान छ ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित