एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले जनवरी ट्रान्सफरमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेलाई अनुबन्धको लागि प्रस्ताव गरेको छ ।इटालियन फुटबल एजेन्ट जियोभन्नी ब्रान्चिनीका अनुसार रियलले एमबाप्पेका लागि पिएसजीसामु ५० मिलियन युरोको नयाँ प्रस्ताव गरिएको बुझिएको छ । गत समर ट्रान्सफरमा रियलले एमबाप्पेको लागि १८० मिलियन युरोसम्मको प्रस्ताव राखेपनि उनीहरुबीच सहमति जुट्न सकेको थिएन । यसपटक पनि रियलले एमबाप्पे अनुबन्धको लागि नयाँ प्रस्ताव अघि सारेको छ ।
पिएसजीमा २३ वर्षीय एमबाप्पेको सम्झौता अब ६ महिना मात्रै रहेको छ । आउदो समरसँगै उनी जुनसुकै क्लबमा निशुल्क समावेश हुन सक्नेछन् । तर, रियल म्याड्रिडले त्यो भन्दा पहिला नै आफ्नो लामो समयको लक्ष्य प्राप्त गर्न चाहेको दावी गरिएको छ ।