बार्सिलोनामा सार्वजनिक भएकै दिन टोरेसलाई कोरोना संक्रमण
बार्सिलोनामा सार्वजनिक भएकै दिन टोरेसलाई कोरोना संक्रमण
    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा सार्वजनिक भएकै दिन स्पेनिस युवा फरवार्ड फेरान टोरेसलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले सोमबार नोउ क्याम्पमा टोरेसलाई सार्वजनिक गरेको केही समयपछि नै उनलाई कोरोना पुष्टि भएको हो ।

२१ वर्षीय स्पेनिस फरवार्ड टोरेसलाई बार्सिलोनाले ५ वर्ष ६ महिनाको लागि ५५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । कोरोना पुष्टि भएसँगै टोरेसले बार्सिलोनाबाट डेब्यु खेलको लागि पर्खनुपर्ने भएको छ । टोरेसले १२ जनवरीमा रियल म्याड्रिडविरुद्धको स्पेनिस सुपर कप खेल्ने आशा गरिएपनि अब तत्काल त्यो नहुने भएको छ । टोरेससँगै अर्का युवा स्टार पेड्रीलाई पनि कोरोना पुष्टि भएको छ ।

 

बार्सिलोनाले विज्ञप्ति जारी गर्दै आफ्ना दुई खेलाडीलाई कोरोना पुष्टि भएपनि पनि उनीहरुको स्वास्थ अवस्थामा राम्रो रहेको बताउँदै उनीहरु सेल्फ आइसोलेसनमा बसिसकेको बताएका छन् । बार्सिलोनामा सार्वजनिक भएसँगै टोरेसले क्लबको पुरानो विरासत फर्काउने दृढता व्यक्त गरे ।

‘जब मैले म्यानचेस्टर सिटी छाँडे, तब बलाई ला लिगामा फर्कने सोच आयो र बार्सिलोनाले चासो देखायो । म एक महत्वाकाङ्क्षी खेलाडी हुँ । मलाई चुनौती मन पर्छ । म बार्सिलोनालाई आफ्नो ठाँउमा फर्काउन चहान्छु ।

टोरेस २०२० को समरमा भ्यालेन्सियाबाट २१ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीमा पुगेका थिए । उनले १६ महिना सिटीमा बिताउँदा ४३ खेलमा १६ गोल गर्न सफल भएका थिए । चोटका कारण उनले यो सिजन ७ खेल मात्रै खेलेका छन् । यो अवधिमा टोरेसले म्यानचेस्टर सिटीबाट गत सिजन प्रिमियर लिग जित्दा च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको थियो ।

ग्वार्डिओला विश्वका उत्कृष्ट प्रशिक्षक मध्ये एक हुन् । उनले मलाई विभिन्न पोजिसनमा खेलाए । मैले म्याचेस्टर सिटीमा उहाँबाट धेरै कुरा सिकेको छु । त्यहाँको मेरो समयका धेरै राम्रो सम्झनाहरु रहेका छन् ।’ टोरेसले भने, ‘म जुनसुकै पोजिसनमा खेल्न सक्छु । म बार्सिलोनाको प्रशिक्षकले भनेजस्तै पोजिसनमा खेल्न सक्छु ।’

साताकाे चर्चित
सम्बन्धित