राष्ट्रिय सभाको निर्वाचनमा उम्मेद्धारले ३ लाख ५० हजार बढी खर्च गर्न नपाउने
राष्ट्रिय सभाको निर्वाचनमा उम्मेद्धारले ३ लाख ५० हजार बढी खर्च गर्न नपाउने
    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

१२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधनरघोडा ७० हजार र सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दानासमेत० १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठीरअन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित