तलबमा आक्रामक वृद्धि गर्न जापानी प्रधानमन्त्रीको अनुरोध
तलबमा आक्रामक वृद्धि गर्न जापानी प्रधानमन्त्रीको अनुरोध
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले व्यवसायहरुलाई कर्मचारीका तलबमा थप आक्रामक वृद्धि गर्न अनुरोध गरेका छन् । सम्पत्तिको पुनः वितरण गर्ने उनको लक्ष्यको हिस्सा अन्तर्गत किशिदाले बुधबार सो अनुरोध गरेका हुन् । कोरोना भाइरसको महामारी पूर्वको स्तरमा आम्दानी उक्लिएका कम्पनीहरुलाई उनले ३ प्रतिशतभन्दा धेरै तलब बढाउन अनुरोध गर्दै आएका छन् ।

‘तलब बढाउनु भनेको भविष्यको लगानी हो, यो भविष्यको आर्थिक वृद्धिको लागि निकै महत्वपूर्ण छ, तपाइहरुले आक्रामक कदम चाल्नुहोस् अनि सहकार्य गर्नुहोस् भन्ने मेरो चाहना छ,’ नयाँ वर्षको अवसरमा आयोजित व्यवसायिक नेताहरुको एक भेलामा किशिदाले भने । सो भेला जापान विजनेश फेडरेशन (केइदान्रेन), जापान एशोसियशन अफ कर्पोरेट एक्जिक्यूटिभ र जापान चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रीले संयुक्त रुपमा आयोजना गरेका थिए । ।

कम्पनी व्यवस्थापन र श्रम संगठनहरुबीच यो वर्षके तलब वृद्धि वार्ता अगाडि किशिदाले सो अनुरोध गरेका हुन् । जापानको सबैभन्दा ठूलो कर्मचारी संगठन रेङ्गोले कूल तलब ४ प्रतिशतले बढाउन अनुरोध गर्ने निर्णय गरेको छ । तर केइदान्रेनसँग भने आफ्ना सदस्य कम्पनीहरुलाई समग्रमा तलब वृद्धिको अनुरोध गर्ने कुनै योजना छैन ।

साताकाे चर्चित
सम्बन्धित