खगराज अधिकारी, सभामुख सत्तामुख मात्र हुनुभयो
खगराज अधिकारी, सभामुख सत्तामुख मात्र हुनुभयो

तर प्रधानमन्त्री वा कांग्रेस सभापति शेरबहादुर देउवाले अझै पनि भेट्नुभएको छैन । एमसीसीबारे कुनै छलफल भएको छैन ।”

    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

काठमाडौं, 

नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले सभामुख अग्निप्रसाद सापकोटा सत्तामुख र प्रचण्डमुख मात्र भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्का सञ्चालनका विषयमा चासो राखेको राख्यै छ ।

तर सभामुख किंकर्तव्यविमूढ हुनुहुन्छ । उहाँ सत्तामुख हुनुभयो । प्रचण्डमुख मात्र हुनुभयो । गैर सांसदको उपस्थितिमा बस्ने संसद् गौचरण, खेलमैदान वा कचहरी हो र ? सभामुखले प्रतिगमन गरेका छन् ।”
हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामान्य शिष्टाचार भेटमात्र गरेको उनले दाबी गरे ।

उनले थपे, “हिजो नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र हाम्रा अध्यक्ष केपी शर्मा ओलीबीच सामान्य शिष्टाचार भेटघाट मात्र भएको हो । तर प्रधानमन्त्री वा कांग्रेस सभापति शेरबहादुर देउवाले अझै पनि भेट्नुभएको छैन ।

एमसीसीबारे कुनै छलफल भएको छैन ।”
नेता अधिकारीले बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी निर्णय पर्यटनमन्त्री प्रेमबहादुर आलेले नै गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको दाबी पनि गरे । उनले भने, “मैले सामाजिक सञ्जालमा थाहा पाएको त नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी निर्णय पर्यटनमन्त्री प्रेमबहादुर आलेले नै गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका हुन् ।

तत्कालीन मन्त्री योगेश भट्टराईले आफ्नो निर्देशन वा तोक रहेको देखाउन चुनौती दिनुभएको छ । बतास समूहको दादागिरी हो वा बदमासी हो, म जान्दिनँ । गैरकानुनी दिएको भए गलत हो, कानुनसम्मत दिएको भएको भए ठीकै हो

साताकाे चर्चित
सम्बन्धित