प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।
भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि रोकिएको हो ।
जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले निम्तो पठाएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण तय भएको थियो । प्रधानमन्त्री देउवा जनवरी ९ तारिख अर्थात पुस २५ गते काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।
सम्मेलन स्थगित भएको औपचारिक जानकारी भने अहिलेसम्म आएको छैन । सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।