विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन
विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उनको भनाइ छ।

केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर क्रियाशील रहनुपर्ने भए पनि सो अवधि नपुगेका चौधरी केन्द्रीय सदस्य बनेको दाबीसहित सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभासचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दिएका थिए।

आफूविरूद्ध उजुरी परेपछि चौधरीले प्रतिक्रिया दिँदै निर्वाचन हारेपछि निर्वाचनकै प्रक्रियामा प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको बताएका छन्।

‘महाधिवेशनका बेला निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दाबी विरोधका लागि समय दिएको थियो। म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन?,’ चौधरीको प्रश्न छ।

यादव सोही निर्वाचनमा उम्मदेवार रहेको र विजयी हुन नसकेपछि विधिसम्मत भएन भन्ने गरेको उनको भनाइ छ।

‘आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैन,’ उनले भने।

चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) २२०६ मतसहित निर्वाचित भएका थिए। सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए।

निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन्।

साताकाे चर्चित
सम्बन्धित