राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलीय गठबन्धनकाे आह्वान
राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलीय गठबन्धनकाे आह्वान
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेको छ ।

गठबन्धनको समन्वय समितिको आज बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई निर्वाचित गराउन आग्रह गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशगत संयन्त्रले नै प्रचारप्रसार र परिचालनको काम गर्नेछ ।

संयन्त्रमा सबै पार्टीको प्रदेश समितिको अध्यक्ष/सभापति र आवश्यकता अनुसार अन्य नेता रहने छन् । गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सातै प्रदेशमा संयन्त्र बनाउन प्रस्ताव गर्नुभएको थियो ।

राष्ट्रियसभाको १९ सीटका लागि हुने निर्वाचनमा कांग्रेसले ६, माओवादीले ५, नेकपा एकीकृत समाजवादीले ५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउने गरी चुनावी तालमेल गरिएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित