मूलपानी क्रिकेट मैदानमा एमाले काठमाडौंको अधिवेशन
मूलपानी क्रिकेट मैदानमा एमाले काठमाडौंको अधिवेशन
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

नेकपा एमालेको काठमाडौं जिल्ला अधिवेशन शुक्रवारमूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।

एक लाख जना सहभागी गराउने दाबी गरिएको उद्घाटन कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।

यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले बताउनुभयो । । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित