पर्यटन मन्त्री आलेको एक्सनः नारायणहिटी दरबार भित्र रेष्टुरेन्ट सञ्चालनका बिषयमा छानविन समिति गठन
पर्यटन मन्त्री आलेको एक्सनः नारायणहिटी दरबार भित्र रेष्टुरेन्ट सञ्चालनका बिषयमा छानविन समिति गठन
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार भित्र बन्दै गरेको रेष्टुरेन्टको काम रोक्न निर्देशन लिएको केही दिनमै अर्को कदम चालेका छन् । मन्त्री आलेले सो रेष्टुरेन्टको सञ्चालनबारे छानविन गर्न पर्यटन महाशाखाका सहसचिव होम प्रसाद लुईटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेका छन् ।

सो समितिले छानविन गरी तीन दिन भित्र नै मन्त्रालयमा प्रतिवेदन बुझाउने गरी काम शुरु गर्दैछ । समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई दिइएको छ ।

अघिल्लो ओली सरकारका पालमा योगेश भट्टराई पर्यटन मन्त्री भएका बेला नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनको अनुमति दिईएको पाईएको छ ।
यो निर्णय कति वैध वा अवैध छ ? दरबार भित्र रेष्टुरेन्ट आवस्यक छ कि छैन ? जस्ता विषयमा छानविन समितिले आफ्नो प्रतिवेदनमा समेट्नेछ ।
१२२ वर्ष लामो समय सो दरबारमा राजाहरुले शासन गरेको केन्द्रलाई संग्रालयमा परिणत गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित