नेपाल टेलिकमको इन्टरनेट खपत एक वर्षमै दोब्बरले वृद्धि
नेपाल टेलिकमको इन्टरनेट खपत एक वर्षमै दोब्बरले वृद्धि
    • बेल संचार

    • २३ पुष २०७८, शुक्रबार

नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो। सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो ।

फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ ।

फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो । यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन । सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ । सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ ।

फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ ।

साताकाे चर्चित
सम्बन्धित