चीन–उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा : अमेरिका र जापानले बनाए गुरु योजना
चीन–उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा : अमेरिका र जापानले बनाए गुरु योजना
    • बेल संचार

    • २३ पुष २०७८, शुक्रबार

चीन र उत्तर कोरियाको हाइपरसोनिक मिसाइल र अन्तरिक्ष आधारित हतियारबाट बढ्दो खतरासँग जुझ्न अमेरिका र जापानले एक नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । अमेरिकाको विदेश मन्त्री एन्टोनी ब्लिकेनले बिहीबार यो सम्झौताको घोषणा गरेका हुन् । दुवै देशका विदेश मन्त्रीले यो पञ्चवर्षीय सुरक्षा सम्झौताको विषयलाई लिएर आपसमा कुराकानी गरेका छन् । उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रहार गरेको दाबी गरिरहेका बेला अमेरिकी र जापानी विदेश मन्त्रीबीच यस्तो कुराकानी भएको हो ।

एन्टनी ब्लिङ्कनले भनेका छन्, ‘अमेरिका–जापान गठबन्धनलाई हामीसँगै भएका तरिकालाई मजबुत गर्नु मात्रै नभई नयाँ तरिकाको खोजी गर्नु पनि हो ।’

 

उनको इशारा युक्रेन सीमामा रुसको सैन्य तैनाथी, ताइवानविरुद्ध चीनको व्यवहार र उत्तर कोरियाले हालै प्रहार गरेको हाइपरसोनिक मिसाइल समावेश छ ।

रुस, चीन र अमेरिका तीनै देश हाइपरसोनिक मिसाइल बनाउन पुरा शक्तिका साथ जुटेका छन् । हाइपरसोनिक मिसाइलको तीव्र गती र बाटो फेर्ने क्षमताका कारण यो कसैको पकडमा आउँदैन ।

दुबै देशको सेनाको तयारीमा अधिक लगानी सुनिश्चित

ब्लिङ्केनले भने, ‘जापान र अमेरिका हाइपरसोनिक हतियारको खतरासँग जुध्ने तरिकासमेत रक्षासँग सम्बन्धित प्रविधिको शोध र विकासमा थप सहयोगका लागि एउटा सम्झौतामा हस्ताक्षर गर्नेछौँ । जापानमा अमेरिकी सैन्य उपस्थितिको लागत साझा गर्नका लागि एउटा नयाँ फर्मूलामा आधारित यो सम्झौता पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा भएको विवादलाई समाप्त गर्छ जुन अमेरिका–जापान सम्बन्धमा एउटा महत्वपूर्ण बाधा थियो ।’

ब्लिकेनले भने, ‘नयाँ सम्झौताले दुवै देशका सेनाको तयारीमा अधिक लगानी सुनिश्चित गर्नेछ र एकसाथ काम गर्ने उनीहरुको क्षमतामा सुधार गर्नेछन् ।’

कोभिड–१९ बाट निको हुदै गरेका रक्षा मन्त्री लोयड अस्टिनले आफ्नै घरबाट डिजिटल माध्यमबाट सम्मेलनमा सहभागिता जनाएका थिए । अमेरिका–जापान गठबन्धन अत्यन्त महत्वपूर्ण रहेकोसमेत उनले बताए । अस्टिनले भने, ‘स्वतन्त्र, स्थिर र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको विषयलाई लिएर बढ्दो तनाव र उत्तर कोरियाको परमाणु महत्वाकांक्षा तथा चीनको आक्रामक व्यवहारबाट उत्पन्न चुनौतीको पृष्ठभूमिमा यो बैठक आयोजना भइरहेको छ ।’

साताकाे चर्चित
सम्बन्धित