गृह मन्त्रालयले नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
मन्त्रालयले इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा, सुर्खेत र बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो ।
गृहले एक सहसचिवसहित १४ जना उपसचिवको सरुवा गरेको छ । यस्तै गृहमा रहनुभएका सहसचिव रमेश ढकाललाई बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।
मन्त्रालयमै रहनुभएका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । त्यस्तै, परमानन्द घिमिरे रुकुम पश्चिम र माधवप्रसाद ढुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
इलामका प्रजिअ ध्रुवबहादुर खड्का, बाजुराका प्रजिअ गोपालकुमार अधिकारी, दार्चुलाका प्रजिअ सिद्धराज जोशी र ओखलढुंगाका प्रजिअ बन्दना राई गृहमन्त्रालयमा तानिएको छ ।