प्रदेश २ का जिल्लामा यसवर्ष धान उत्पादन दरमा ह्रास आएको छ ।
गत कात्तिकमा भएको बेमौसमी वर्षाका कारण प्रदेश २ का जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।
प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५.१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८ सय ६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभएको छ ।
सूचना अधिकारी पालका अनुसार प्रदेशका पर्सा र बारामा यस वर्ष धान उत्पादन दर बढेपनि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरीमा घटेको छ ।