लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

सप्तरी प्रहरीले लागूऔषध सहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

 

उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका- ६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुको संग रहेको एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।

साताकाे चर्चित
सम्बन्धित